Section 16
_ जोखिमपूर्ण पदार्थको निकासी तथा पैठारी
(१) कुनै पनि किसिमका जोखिमपूर्ण पदार्थ नेपालभित्र आयात गरिने छैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मानव स्वास्थ्य र वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव नपार्ने कुनै खास किसिमको जोखिमपूर्ण पदार्थ आयात गर्न सकिनेछ।

(३) जोखिमपूर्ण पदार्थ उत्पादनकर्ता बा कुनै व्यक्ति वा प्रचलित कानून बमोजिम स्थापित संस्थाले मन्त्रालयको अनुमति लिई जोखिमपूर्ण पदार्थको निर्यात गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम जोखिमपूर्ण पदार्थको निर्यात गर्न अनुमति दिने सम्बन्धी आधार, मापदण्ड तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(५) यस ऐन विपरीत आयात भएको जोखिमपूर्ण पदार्थ जुन मुलुकबाट आयात गरिएको हो सोही मुलुकमा फिर्ता पठाउनु पर्नेछ।